सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेशनल लाईफको साधारण सभाबाट १५ प्रतिशत शेयर लाभांश पारित

नेशनल लाईफको साधारण सभाबाट १५ प्रतिशत शेयर लाभांश पारित

काठमाडौं १८ मंसिर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ औं वार्षिक साधारण सभा मंसिर १८ गते आइतबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा केन्द्रिय कार्यालय लाजिम्पाटमा उक्त साधारणसभा सम्पन्न भएको हो।

सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नियामक निकायले यही २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अरब पुऱ्याउनु पर्ने व्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयरबाट कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रूपैयाँ पुगेको छ । बाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति रहेको कम्पनीले जनाएको छ ।

सभामा अध्यक्ष सिंहले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन् ।

नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ व २०७७/०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरिन् । लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी व्यक्त गर्दै यसबाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास व्यक्त गरिन् ।

आ व२०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेका छन् । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु १,२५२.४० करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु।४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु ३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ व २०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ र कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रकृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्ने बताएको छ । यसै गरी कम्पनीको आ.व.२०७७/०७८ को बीमाङ्गीय मूल्याङ्गन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त ँ Future Bonus Provisioning गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले व्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तिय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

कम्पनीकी अध्यक्ष सिंहले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सधैं एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend