भबिन्द्र घिमिरे
राजनिति त्यो विषय हो जसले समग्र राज्यको परिवर्तन र विकासको खाका वोकेको सत्ता प्राप्तिको चाहाना राख्दछ ।चाहाना राख्नु सोहि अनुसार विभिन्न दर्शनका आधारमा पार्टि खोल्नु र सङगठन निर्माण गरि सत्ता प्राप्ति गरि आम रुपमा जनताको सेवा गर्नु नै मुख्य उदेश्य हो ।यहि उदेश्य पुरा गर्न हामि विभिन्न दर्शन र शिद्वान्तमा विभाजित छौ ।
दर्शन अर्थ ज्ञानको प्रेम हो ।ज्ञान अध्यायन ,साधना र अनुभव वाट लिन सकिन्छ ।विश्व जगत ,समाज र परिवार सवै ज्ञानका स्रोत हुन ।
ज्ञान प्राप्ति पछिको चरण व्यवहारमा रुपान्तरण हो ।मानिसको ज्ञान जुन रुपको छ ।सोहि अनुसारको व्यवहार देखाउने गर्छ ।त्यसैले परिवर्तित समाजमा नया नया दर्शन देखा पर्छन ।सोहि अनुसारको आचरण र सोचको विकास हुन्छ ।
सवै राजनितिक दलले जनभावना अनुरुप आफ्नो व्यवहार र सत्ता सन्चालन गर्छन भन्ने आम वुझाई छ ।तर व्यवहारमा त्यो देखिदैन ।कारण यहि कि पार्टिको नेतृत्व र सोचले त्यो पार्टिको रणनिति ,गतिविधि योजना वन्छन ।त्यसैले पार्टिको नेतृत्व सहि हुनुपर्छ ।
पुराना दलहरुको शामन्ति सोच र व्यवहारले आज नया रानितिक शक्तिको उदय भैरहेको छ ।
अव जनताको भावना भौतिक विकासमात्र रहेन ।विकासको तरिका र विकासवाट जनजिविकामा जनताको आर्थिक समुन्नतिका योजना सगै आउनु पर्छ ।शिक्षा ,स्वास्थ रोजगारि तथा आर्थिक उपार्जनका कुरा सगै जनप्रतिनिधिले जनसम्पर्क र जनभावना अनुरुप योजनामा ध्यान दिनु पर्छ ।त्यसो भयो भने मात्र जनतन्त्रको आभास आम नागरिकले लिनेछन।यसैले नै लोकतन्त्रको आगामि भविश्य निर्धारण गर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend