सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

देशमा राजनीतिक अस्थिरता बढ्ने र बिदेशी चलखेल हुने खतराः बिश्लेषक शर्मा

देशमा राजनीतिक अस्थिरता बढ्ने र बिदेशी चलखेल हुने खतराः बिश्लेषक शर्मा

काठमाडौं १६ मंसिर । राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले अहिलेको आम निर्वाचन मतपरिणामले देशमा राजनीतिक अस्थिरता बढ्ने र बिदेशी चलखेल हुने खतरा रहेको बताएका छन । आज खवरबे्रकिंग डटकम संग कुराकानी गदैं उनले यस्तो बताएका हुन । पुराना राजनीतिक दलहरु प्रतिको बितृष्णाले नयाँ राजनीतिक शक्तिको उदय भएको उनले दाबी गरे । कुनै दलको स्पस्ट बहुमत नआएकोले अब बन्ने सरकार मिलीजुली हुने र त्यो सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बिश्लेषक शर्माले बताए । अबको पाँच बर्ष भित्र सरकार बनाउने र गिराउने खेलबाहेक अरु केही नहुने उनले बताए ।
अब नयाँ सरकार बनाउँदा संसद किन बेचको खेल सुरु हुने र राजनीतिक बिकृति मौलाउने उनले बताए । आगामी दिनमा सत्ता स्वार्थको खेलले देश अझै संकटमा पर्ने र बिदेशीको चलखेल अलि बढेर जाने अबस्था सिर्जना भएको उनले बताए । यो निर्वाचनमा पनि पुराना दलका शीर्ष नेता फेरि दोहोरिएर आएका छन र उनकै नेतृत्वमा सरकार बन्ने भए पछि यति धेरै धनराशी खर्च गरेर गरेको निर्वाचनको के अर्थ भन्दै उनले प्रश्न उठाए । पटक पटक टेष्ट भएका नेताहरुबाट मुलुकले निकास नपाउने उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend