शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रिजाल भन्छन् -चुनाव पछि एमाले प्रथम पार्टी

रिजाल भन्छन् -चुनाव पछि एमाले प्रथम पार्टी

 

काठमाडौं पुष १४। नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले चुनावमा प्रतिष्पर्धा गर्ने र एमालेसँग प्रतिष्पर्धा गर्न सक्ने पार्टी नै नभएको टिप्पणी गरेका छन् । नेता रिजालले माधव नेपाल नेतृत्वको समाजवादीको लज्जास्पद हार हुने दावी गरे । उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरुको पत्तासाप हुने निश्चित छ ।’

नेता रिजालले एमालेको विचार, सिद्धान्त र नेतृत्व सहि भएको बताए । उनले भने, ‘एमालेको सक्षम नेतृत्व, असल लिडरशीप र जनताको मत जित्ने एजेन्डाले एमाले एक नम्बर पार्टी हो ।’ एमाले विभाजन नभई एमालेमा बसेर एमाले नै मास्ने कम्युनिस्ट आन्दोलन समाप्त गर्नेहरु ठेगान लागेको उनले बताए ।

नेता रिजालले नेकपा एमालेसँग प्रतिस्पर्धी पार्टी नै नभएको टिप्पणी गरे । उनले भने, ‘चुनाव पछि एमाले प्रथम पार्टी, कांग्रेस दोस्रो भए पनि निक्कै कमजोर छ नाम मात्रको दोस्रो ठुलो कांग्रेस माओवादी र मधेसवादी २–४ सिट जित्लान एकीकृत समाजवादी राप्रपा भन्दा पनि सानो र कमजोर हुनेछ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend