शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राजसंस्थाको आवश्यकता झनै बढेर गयोः लिङ्देन

राजसंस्थाको आवश्यकता झनै बढेर गयोः लिङ्देन

फाइल तस्वीर

 

काठमाडौं पुस १४। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन् । सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै उनले राजसंस्था नभए नेपाल पनि विलय भएर जाने दाबी गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे । उनले राजनीतिक दलका नेताहरुभन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने तत्कालीन राजा वीरेन्द्रले प्रमाणित गरेको उनको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend