फाइल तस्विर
काठमाण्डौं पुस १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीप्रति सकारात्मक विचार व्यक्त गरेका छन्।
उनले हिजो काठमाडौंमा आयोजित आफ्नो पार्टीको आठौं महाधिवेशनको उद्घाटनमा आउन भनेर बिहान एमाले अध्यक्ष ओलीलाई फोन गर्दा ओलीले दिएको जवाफ र अतिथिका रूपमा उपस्थित महासचिव शंकर पोखरेलले राखेको धारणाको प्रशंसा गरेका हुन्।
प्रचण्डको भनाइ जस्ताको तस्तै–
यति छोटो अवधिमा सबै पार्टीका नेताको समय मिल्ला नमिल्ला भन्ने एउटा चिन्ता हामीलाई थियो। तर छोटै समयको सूचनामा पनि समाननीय प्रधानमन्त्रीदेखि सबै पार्टीका नेताहरू यद्यपि केही पार्टीका प्रमुख नेता बाहिर भको हुनाले उपस्थित हुन नसकेको कुरा पनि यहाँ जानकारी भइसकेको छ।
।हुन त बिहान मेरो कमरेड केपी ओलीसँग पनि कुरा भएको थियो, फोनमा। उहाँ झापामा हुनुहुँदोरहेछ। उहाँले भनेको त्यही थियो, जे अहिले कमरेड शंकर पोखरेलले भन्नुभयो, महासचिवको हैसियतमा– म त्यहाँ काठमाडौंमा भए आइहाल्थेँ, पूर्वनिर्धारित कार्यक्रम छ, तपाईंहरूले सम्मेलनमा कोही अरू नेता नबोलाउने भको हुनाले मैले यता कार्यक्रम बनाएँ भन्नुभयो। सक्नुहुन्छ भने आउनुस्, १२–१ बजे २ बजेसम्म आए पनि हुन्छ भनेको थिएँ मैले। तर उहाँले भन्नुभयो– म महासचिव पठाउँछु भन्नुभो, साँच्चै महासचिव आउनुभयो। महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो। र, मलाई सबभन्दा मन परेको भित्र कुरा के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend