शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पूर्वमाओवादीहरु एक हुनका लागि सीपी गजुरेलले राखे यस्ता शर्त

पूर्वमाओवादीहरु एक हुनका लागि सीपी गजुरेलले राखे यस्ता शर्त

 

 

काठमाडौं पुस ११ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एक हुनुपर्छ भन्ने पक्षमा आफू पनि रहेको बताएका छन । त्यसका लागि नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनले केही शर्त पूरा गर्नुपर्ने उनले बताए । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले यस्तो बताएका हुन ।

उनले भने, ‘यदि साँच्चै नै पूर्व माओवादी एकजुट हुने हो भने त्यसका लागि केही आधार तयार गरौं ।’ पूर्व माओवादी एकजुट हुने हो भने जनयुद्ध सुरु गर्नुभन्दा अघिको केन्द्रीय समिति बैठकमा जाहेर गरेको प्रतिवद्धतालाई पुनःस्थापित गर्नुपर्ने उनको भनाइ छ ।

दोस्रो सर्तका रुपमा उनले भने, ‘जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अझै पनि अधुरो छ । नेपाललाई जनगणतन्त्र बनाउन अघि बढौं, तपाईहरु यो महाधिवेशनबाट त्यो पारित गर्नुस् ।’ तेस्रो सर्तका रुपमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । उनले खुलेरै भने, ‘एमसीसी खारेज गर्न जोड लगाउनुस् ।’

नेपालले गुमाएका भूभाग नक्सामा हासिल गरे पनि वास्तविक रुपमा हासिल गर्न नसकेको भन्दै उनले नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्न प्रतिवद्धता जाहेर गर्न पनि उनले सुझाव दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend