काठमाडौं पुस ११ । नेकपा मालेका महासचिव सीपी मैनालीले राष्ट्रिय जनक्रान्ति गर्ने नेपाली मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्न गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै मैनालीले पटक पटक व्यवस्था बदलियौं तर अवस्था बदलिन सकेन भनेर जनताले भन्ने गरेको प्रसंग उल्लेख गरे ।
उनले भने, ‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन ? जनताको अधिकार जति बढाएजस्तो लागे पनि हामीलाई किन बाह्य हस्तक्षेप झन् झन् बढेजस्तो लागिरहेको छ भन्ने प्रश्नसमेत उनले गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend