शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बैठकपछि प्रवक्ता कृष्णबहादुर महरा यसो भन्छन्

बैठकपछि प्रवक्ता कृष्णबहादुर महरा यसो भन्छन्

 

 

काठमाडौं पुस ११ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’

नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य केही बढाउने गरी आजको बैठकमा प्रस्ताव पेश भएको उनेका भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend