शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

 

 

काठमाडौं पुस ११ । नेकपा (माओवादी) केन्द्र को केन्द्रीय समिति बैठक सुरु भएको छ । आजदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलन अघि केन्द्रीय समिति बैठक सुरु भएको हो । पेरिस डाँडामा जारी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend