फाइल तस्बिर
काठमाण्डौं, पुष १० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनदिने कार्यक्रम लिएर गृह जिल्ला झापा पुगेका छन । शनिबार बिहान विराटनगर विमानस्थल उत्रेर ओली झापा पुग्ने कार्यक्रम रहेको नेकपा एमाले झापाले जनाएको छ।
शनिबार अपरान्ह एमाले झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन्। त्यसलगत्तै शनिबार नै बिर्तामोडमै आयोजित अखिलको सचिवालय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। आइतबार र सोमबार ओली आफू निर्वाचित झापा क्षेत्र नं ५ मा आयोजित विविध कार्यक्रममा सहभागी हुनेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend