शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

 

 

काठमाडौं पुस ९ । सरकारले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गर्दै शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय–

१ औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ ९१० बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

२ विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

३ क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

४ संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५ राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

६जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

७ हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend