शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पुस २३ गते काठमाडौंमा जनसागर उतार्न एमालेले दियो यस्तो निर्देशन

पुस २३ गते काठमाडौंमा जनसागर उतार्न एमालेले दियो यस्तो निर्देशन

 

 

काठमाण्डौं पुस ७ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश सह(इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गते हुन लागेको काठमाडौं जिल्ला छैटौँ अधिवेशन भब्य बनाउन निर्देशन दिएका छन्।

काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटीको बैठकलाई बुधबार सम्बोधन गर्दै श्रेष्ठले पार्टीको १० औ महाअधिवेशनको झल्को दिनेगरी जिल्ला अधिवेशनमा कार्यकर्ता उतार्न निर्देशन दिएका हुन्।

दसौँ महाअधिवेशनमा जसरी जनलहर उत्रियो। त्यही जनलहर काठमाडौंमा उत्रनुपर्छु, उनले भने। पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले आगामी निर्वाचनपछि एमालेलाई एक नम्बर पार्टी बनाउन सबै लागि पर्नुपर्ने पनि बताए।

यो बैठकसँगै जिल्ला अधिवेशनको तयारी शुरु भएको छ। अब सबैजना आफ्नो क्षेत्रबाट लाग्नुपर्छु, उनले भने। यो अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनका गतिविधिबारे जानकारी गराएका थिए।

काठमाडौं जिल्लामा रहेका २० वटा कमिटीमध्ये पहिलो बैठक राख्ने कमिटी प्रदेश २ ख भएको उनले बताएका छन्। बैठकमा केन्द्रीय सदस्य सांसद बीना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले पनि बोलेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend