सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति

बिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति

बिष्णु प्रसाद शर्मा,

 

नेपाल एउटा सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । ०४६ मा दलीयताले प्रबेश पायो । ‘र अ’ ‘सि आइए ”युरोपियन युनियन र कार्टर सेन्टर जस्ता दलालहरुले नेपालका दलहरु मार्फत धर्म, संस्कृति र राजनीति क्षेत्र माथि सहजताका साथ खेल्न पाउने भए । श्री ५ महेन्द्रको देहवसान हुनु नै नेपालको एउटा अभिभावक गुमाउन पुग्यो । नेपाली जनता टुहुरा पर्ने अबस्था आयो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धिले बिश्वको राजनीतिलाई उछिन्न शक्तिशाली ब्युरोक्रेसी ‘र अ’ नामक संस्थाको जन्म गराएकी थिइन । त्यो संस्था नेपालका लागी घातक सावित भयो । खेलकै पेरीफेरीमा ३६,४२,४५ र ६३ साल सम्ममा नेपाली भूमिमा पुरै बिदेशी दलालहरुले मात्रै राजनीतिक खेलहरु खेल्न पाएकाले नेपाल आजको अबस्थामा पुग्नु पयो । काँग्रेस, कम्युनिष्ट र माओवादी जस्ता दलाली संस्थाहरु भारतले उत्पादन गरेको हो ।

बिदेशी एजेण्टहरुको प्रबेशले नै नेपालको राजनीतिमा ब्यापारीकरण गराएको हो । ०७ सालको परिवर्तनले गर्दा भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्ने अबसर पायो । बिदेशीहरुले दिएको पैसा खर्चेर काँग्रेस, कम्युनिष्टहरुले चुनाव जित्ने, सभासदहरु किन बेच गर्ने र सुविधा भोगी बनाए र युवाहरु बिदेश पलायन गराए देश र जनतालाई नै कंगालमात्र गराएनन् कि देश बिघटनको संघारमै पुग्यो ।

युरोपियन युनियन, सि आइए र कार्टर सेन्टर रमाएर रअ मार्फत नेपाल छिरे नेपालको उत्तरी भेगमा पुगेर युरेनियम खोज्दै खुलेर लगानी गरिराखेका छन र उनीहरुको उदश्य नै नेपाललाई अस्थिर गराउने र चीनमा प्रबेश गर्ने हो । यीनीहरुले दोहोरो लगानी गरी राखेका छन । यो कुरामा संयुक्त राष्ट्रसंघ मौन छ र एक सदस्य राष्ट्रलाई हुँडारहरुबाट जोगाउन बोल्दैन बरु लगानीकर्ता लाई नै उक्साई रहेका छन ।
नेपाली जनताले अब बुझनु पर्छ । कि नेपालमा बिदेशी लगानी भन्दा सिप , उद्योग ब्यवसाय , कलकारखाना नै आबश्यक छ । राजनीतिमा लगानी गरेर देशले प्रगति गदैन । सबै जनताले पनि राजनीति गर्ने होइन ।

सन १८५० मा जंग बहादुरले नेपालको राष्टिय झण्डा सूर्यास्त नै नहुने मुलुक बेलायतमा फहराएका थिए । सन १९६२ मा मात्र त्यो राष्टिय झण्डाले मान्यता पायो । श्री ५ महेन्द्रलाई यो गहिरो अनुभूति भएको थियो । र पीडा थियो । दक्षिण अफ्रिका रंगभेद बिरोधी, समानताका योद्धा लङ वाक अफ फ्रिडमका अगुवा नेलशन मण्डेला सन् १९६२ देखि १९९० सम्म २८ बर्ष जेल जीवन बिताएर पनि सत्तामा जान इच्छा नगर्ने मण्डेला सन् १९९४ मा राष्टपति बने । श्रीमती बिन्नी मण्डेलालाई भष्टाचार मुद्धा लागेकाले जेल हालेका थिए । नेपालमा भने ठिक बिपरित हुँदै छ ।लेखकः नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend