शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै भट्टराईले दिए यस्तो जवाफ

सञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै भट्टराईले दिए यस्तो जवाफ

 

 

काठमाण्डौ पुस ७ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै कडा जवाफ दिएका छन । उनले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताए।

उनले एमालेले अब पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दाबी समेत गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहेको उनको भनाई थियो। अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क वितर्क गर्ने रहेको बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend