शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राष्ट्रिय सम्मेलन अघि एमसीसीका विषयमा केही छलफल हुँदैनः महरा

राष्ट्रिय सम्मेलन अघि एमसीसीका विषयमा केही छलफल हुँदैनः महरा

 

 

काठमाडौं पुस ७ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सँगको सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महराले एमसीसी सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पार्टीको धारणा रहेको बताए।

एमसीसीका विषयमा पार्टीको राष्ट्रिय सम्मेलन अघि केही छलफल र निर्णय नहुने पनि महराको भनाइ छ। ‘हामीले क्रान्तिकारी विचार, क्रान्तिकारी पार्टी निर्माण गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्दै छौं,’ महराले भने, ‘राष्ट्रिय सम्मेलन अघि एमसीसीका विषयमा केही छलफल हुँदैन। जे हुन्छ राष्ट्रिय सम्मेलनपछि मात्रै हुन्छ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend