शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रमोद खरेलको ‘विदेशी’ सार्वजनिक

प्रमोद खरेलको ‘विदेशी’ सार्वजनिक

 

 

काठमाण्डौं पुस ६ । गायक प्रमोद खरेल नयाँ गीतका साथमा बजारमा आएका छन्। पछिल्लो पटक उनको स्वर रहेको ‘विदेशी’बोलको गीत बजारमा आएको हो।

सार्वजनिक गीत सरला श्रेष्ठले लेखेकी हुन्। गीतमा कृति न्यौपानेको संगीत तथा पुरुषोत्तम सुवेदीको संगीत संयोजन सुन्न सकिन्छ।

सार्वजनिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। जीवनयापनका लागि विदेश पुगेर्को क युवाले मातृभूमी सम्झेर व्यक्त गरेको भावना समेटिएको गीतमा अभिनेता पल शाहले अभिनय गरेका छन्।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा पलसँगै सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठले पनि अभिनय गरेका छन्। उत्सव दाहालको छायांकन रहेको म्यूजिक भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।

https://youtu.be/nQfHwPzpMhw

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend