शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बर्तमान सरकारले सुशासन कायम गर्न सकेनः मिश्र

बर्तमान सरकारले सुशासन कायम गर्न सकेनः मिश्र

 

 

काठमाण्डौं, २ पुष । नेपाल सुशासन पार्टीका केन्द्रिीय सदस्य उद्धब प्रसाद मिश्रले अब देशमा सुशासन कायम गर्ने दिशामा आफनो पार्टी लागेको बताएका छन ।

आज खवरबेक्रिङ संग कुरा गदै उनले यस्तो बताएका हुन । उनले भ्रष्टाचारीलाई कारवाही गर्नु पर्ने जोडदाररुपमा माग राखे ।

उनले बर्तमान सरकारले सुशासन कायम गर्न नसकेको बताउँदै देशमा भ्रष्टाचार बढदो रुपमा गएको बताए । उनले स्थानीय तहमा ब्यापक रुपमा भष्टाचार बढेर गएको बताए । देशको बिकास हुन नसकेको प्रमुख कारण भष्टाचार भएको उनले बताए ।

अब देश बिकास गर्ने हो भने सुशासन पार्टी रोज्नु पर्ने उनले बताए । देश र जनताको लागी काम गर्ने पार्टी भनेको नेपाल सुशासन पार्टी भएको उनले बताए ।

नेपाल सुशासन पार्टीमा प्रबेश गर्नेहरुको लहर नै चलेको उनले बताए । रमेश खरेलको नेतृत्वमा गठन भएको नेपाल सुशासन पार्टीमा प्रबेश गर्न देश भरीबाट जनताको उत्साहपूर्ण सहभागी भएको उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend