शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महामन्त्री पदको मतगणनाः गगन र विश्वप्रकाशमा को अगाडि ?

महामन्त्री पदको मतगणनाः गगन र विश्वप्रकाशमा को अगाडि ?

 

काठमाडौँ पुस १ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ५ सय मत गन्दा गगन थापा ३२५ र विश्वप्रकाश शर्मा १८५ मतसहित अगाडि रहेका छन् ।

प्रदीप पौडेल १७७ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १२ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend