शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सकियो मतगणना

सकियो मतगणना

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि भएको मतगणनामा सभापतिका पाँच मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः दोस्रो चरणको मतदान हुने भएको छ।

सोमबार भएको मतदानको मतगणना मंगलबार विहान सकिएको छ । मतपरिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले जितका लागि ८३ मत कम ल्याएका छन्।

४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो।

दोस्रो बनेका शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए ।प्रकाशमानले ३७१ मत पाउदा अर्का उम्मेदवार विमलेन्द्र निधिले २४९ मत पाए । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २० मत पाएका थिए। कांग्रेस निर्वाचन समितिका अनुसार ७७ मत बदर भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend