शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकियो

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकियो

 

काठमाण्डौं २७ मंसिर । माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए ।

एक प्रदेश सदस्यका अनुसार अध्यक्ष र सचिवमा लगभग टुंगो लागे पनि अन्य पदाधिकारीमा सहमति जुटन नसकेपछि पहिलो बैठकले टुंगो लगाउने गरी सम्मेलन सकिएको हो । प्रदेश कमिटीमा ९ जना पदाधिकारी रहनेछन् ।

चौधरीका अनुसार प्रदेश सदस्यको भने टुंगो लागिसकेको छ । २१७ जना सदस्यले सोमबार नै शपथ लिएका छन् । राष्ट्रिय सम्मेलनअघि नै पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend