शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मिनेन्द्र रिजालले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

मिनेन्द्र रिजालले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

 

 

काठमाडौं २४ मङ्सिर । नेपाली कांग्रेसका नेता एवम् रक्षा मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार नक्सालमा पत्रकार सम्भेलन गर्दै रिजाल पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

‘कांग्रेसमा नयाँ नेतृत्व आउनपर्छ, तर चुनावसम्म यहि सरकार रहन्छ’ उनले भने, ‘ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनमा मेरो भूमिका महत्वपूर्ण रहनेछ। ’
उनले कांग्रेसको मतगणना सकिएको दिन देउवा निवर्तमान सभापति बन्ने दाबी गरे।

पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउने धारणा राखे। उनी संस्थापनइतर समूहका नेता हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend