सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

डा डीआर उपाध्यायको थप २२ विश्व कीर्तिमान सार्वजनिक

डा डीआर उपाध्यायको थप २२ विश्व कीर्तिमान सार्वजनिक

काठमाडौं, १२ मंसिर । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने समारोहमा ‘अविच्छिन्न’ एल्वम विमोचन गरिएको थियो । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गर्नुभएका उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ ।

यसअघि अन्र्तराष्ट्रिय पचास भाषामा गीत, एकैदिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा आर्टिकल एक वर्षमा लेखेर, १५० देशका पर्यटकिय स्थलको गीत लेखेर, सबै भन्दा छोटो गीत लेखर जस्ता विविध विधामा विश्व कीर्तिमान कायम गर्नुभएका डा। उपाध्यायले आइतबार सार्वजनिक विश्व रकेर्डमा उपाध्यायका २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको ए देखि जेड सम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्वम, र्‍याप गीत ४र४, २र४, ६र८ र ३र४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता जस्ता विधामा रहेका छन् ।

डा उपाध्यायलाई एभरेष्ट वल्र्ड रेकर्ड, च्यापियन बुक अफ वल्र्ड रकेर्ड, एशियन वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रकेर्ड, सुप्रिम वल्र्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक जस्ता वल्र्ड रेकर्ड प्रदान गर्ने विभिन्न ११ ओटा संस्थाले विश्व कीर्तिमानको प्रमाण प्रत्र प्रदान गरेका हुन् ।

समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनालले शुभकामना मन्तव्य राख्नुका साथै डा। उपाध्यायलाई बधाई दिनुभएको थियो ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको समारोहमा डा। उपाध्यायलाई प्रमुख अतिथि झाले बधाई तथा शुभकामना सम्मान अर्पण गर्नुभएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको समारोहमा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राजेन्द्र लुईंटेल, सुभाष प्रधान, निर्देशक माइकल चन्द, भिडियो सम्पादक शिलन लम्साल, सञ्चारकर्मी नरेश भट्टराई र कृष्ण भुसाललाई द ब्रिटिस वल्र्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

डा। उपाध्यायको सार्वजनिक ‘अविच्छिन्न’ गीतिएल्वममा चार गीत समावेश गरिएको छ । एल्वममा ‘चितामाथी जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता गीत समावेश गरिएको छ । एल्वममा रहेका गीतमा सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरदको संगीत रहेको छ भने विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीको स्वर छ ।

प्रमुख अतिथि झाले डा। उपाध्यायका कर्म उहाँका लागि मात्र नभएर देशकै लागि गौरव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डा। उपाध्याय अर्थात धर्मराज उपाध्याय देशकै लागि गौरव वन्नुभएको छ, उहाँका दिनमा यस्ता कार्य अझ थपिदै जाउन भन्ने शुभकामना दिन्छु र उहाँलाई बधाई दिन्छु ।’ सो अवसरमा प्रमुख अतिथि झाले आफ्नो जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको पुस्तक ‘मधेसको माटो म ९सप्तरीदेखि शासनसत्तासम्म०’ कार्य बारेमा चर्चा समेत गर्नुभएको थियो ।

डा। उपाध्यायले आफू यतिकै बस्न नसक्ने र सिर्जनसिल कार्यहरू फरक ढंगले गर्दै जादा विश्व कीर्तिमानको संख्या थपिदै गएको बताउनुभयो । एनएनटिभीले प्रत्यक्ष प्रसारण गरेको समारोहमा नेपाल चलचित्र कलकार संघका उपाध्याक्ष मोहन निरौला, वरिष्ठ गायिका ज्ञानु राणा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ, चिनिया मामिला जानकार दिनेश खनाल, चीनका पूर्व अधिकारी जेन जि स्याङ, सुनिता खनाल, खनाल समाजका कृष्णप्रसाद खनाल, प्रदीप खनाललगायतका खनाल बन्धुका साथै विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend