सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नयाँ राजनीतिक शक्तिको उदय

नयाँ राजनीतिक शक्तिको उदय

डा डी आर उपाध्याय

अहिलेको यो निर्वाचन परिणामले ठूला दलहरुलाई झस्काएको छ । उनीहरुले सोचे जस्तो परिणाम हात पार्न सकेनन् । जसले गर्दा आज ठूला राजनीतिक दलहरु छटपटिमा छन । विचार र सिद्धान्त नमिल्ने संग गठबन्धन गरेर चुनावमा जादा माओवादी केन्द्र र समाजवादी पार्टीको सिट सख्या सोचे जस्तो आएन् ।

अबको राजनीति के हुन्छ यसै भन्न सकिने अबस्था छैन । पाँच महिना अघि मात्र गठन भएको रवि लामिछानेको नेतृत्वमा रहेको राष्टिय स्वतन्त्र पार्टीले आम जनताले सोचे भन्दा बढी सिट संख्या ल्याएको छ । यसले गर्दा पनि राजनीतिमा एक खालको तरंग उत्पन्न भएको छ ।
पुराना दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाएको भए यो स्थिती आउने थिएन । पुराना दलहरु प्रतिको बितृष्णाको परिणाम हो यो । कुनै दलको स्पस्ट बहुमत नआए पछि अब राजनीतिक अस्थिरता बढने खतरा बढेर गएको छ । आगामी पाँच बर्ष सरकार बनाउने र गिराउने खेल मात्र हुने संकेत देखा परेको छ । जसले गर्दा राजनीतिक अन्योलता देखिन्छ । यो निर्वाचन परिणामले युवा नेतृत्व खोजेको संकेत देखाउछ । अबको नयाँ नेपाल निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहने देखिन्छ ।
नेपालको राजनीतिमा युवाको आगमनले केही उत्साह भने पक्कै थपेको छ । पुराना दल र तिनका शीर्ष नेताहरुको वरीपरि घुमेको राजनीतिलाई अब युवाले चिरेर अघि बढन सके भने अझै केही आश गर्ने ठाउ छ । आमनिर्वाचनमा युवाको जबर्जस्त प्रवेशले शीर्ष नेताहरुको टाउको दुखाई अबश्य नै हुने छ । दलहरुले विचार र सिद्धान्तलाई बिर्सेर सत्ता स्वार्थको जुन राजनीति गदै आएका थिए त्यो अब अन्त्य हुनु पर्छ । अबको राजनीतिक पार्टीको विचार र दृष्टिकोण स्पस्ट हुनु पर्छ ।
जनतालाई ढाटेर गरेको राजनीति टिक्दैन । माओवादी केन्द्र झन पछि झन खस्किदै गएको छ । कारण के हो ? अब माओवादी केन्द्रले आत्मसमिक्षा गर्नु पर्ने देखिएको छ । सबै राजनीतिक दलको चुनावी नारा भनेको समृद्ध नेपाल हो । देशको विकास र जनताको समृद्धि नै आजको आबश्यकता हो ।
यो दिशा तर्फ दलहरु अघि बढनु पर्ने आबश्यकता देखिन्छ । पुराना दलहरु इमान्दार नहुदा नयाँ राजनीतिक शक्तिको उदय भएको हो । यो कुरालाई सबैले स्वीकार गर्न सक्नु पर्छ । देश आर्थिक रूपमा कमजोर भइरहँदा, भष्टाचार मौलाइरहँदा, रोजगारीको अवसर सिर्जना नहुँदा नयाँ राजनीतिक शक्तिको उदय भएको हो ।
अति भयो भने जनता विकल्प खोज्छन । अहिले त्यही भएको हो । अबको राजनीतिमा हिजोको जस्तो गलत परिपाटी चल्दैन । अब देश नयाँ ढंगले चल्नु पर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको जर्बजस्त उदय, स्वतन्त्र उम्मेदवारको विजयले पुराना दलहरुलाई केही पाठ सिकाएको छ । अब पुराना राजनीतिक दल नसच्चिए आगामी निर्वाचनमा कमजोर हुने निश्चित छ । अहिलेको आमनिर्वाचनले सबै कुरा प्रस्ट पारेको छ । नयाँ पुस्ताको आगमनले साँच्चै नेपालको राजनीतिलाई तरंगित बनाएको छ । अब यथास्थितिमा देश चल्न सक्दैन । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । जनताको अबस्था बदल्ने किसिमले आगामी राजनीति यात्रा तय होस् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend