काठमाडौं ११ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फ १० लाख मत कटाएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार १० लाख ८ हजार ६८६ मत पाएको छ ।
मतगणना जारी रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले थप मत पाउन सक्छ ।
हालसम्म नेकपा एमाले २४ लाख ४३ हजार ३०४ मतसहित समानुपातिकतर्फ शीर्ष स्थानमा छ । नेपाली कांग्रेसले २३ लाख २० हजाजर ३८९ मत पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले हालसम्म १० लाख १६ हजार ४२१ मत पाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend