काठमाडौं ,११ मंसिर। एटलस बचत तथा ॠण सहकारी संस्थाले आफ्नो चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ध्रुव रुद्र कर्माचार्यको सभापतित्वमा सम्पन्न सभाले समिक्षा आर्थिक वर्षको संचित नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गर्यो। सभाले आ. व. २०७८/७९ को वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा -नोक्सान हिसाब तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ।

साधारणसभाबाट संस्थाका निवर्तमान सचिव माणिक लाल प्रधानलाई संचालक समितिको अध्यक्ष नियुक्त गरेको छ। हालका अध्यक्ष कर्माचार्य कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनेछन।
आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा संस्थाको शेयर पूंजी रु ४,६६,६५,३००। पुगेको छ। समिक्षा आर्थिक वर्षमा यस सहकारीको खुद नाफा भने रु १,८३,७२,२६० रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend