मोरङ ९ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा मोरङ क्षेत्र नं ३ मा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ४५ हजार ९७ मत ल्याई विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २१,१०४ मतान्तरले पराजित गरेका हुन् । पराजित भानुभक्त ढकालले २३,९९३ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाले १०,२८९ मत पाएकी छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend