काठमाण्डौं ९ मंसिर । महोत्तरी ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई पराजित गर्दै दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ठाकुर १६ हजार ३७५ मत पाए भने यादवले १४ हजार ३२५ मत पाए। त्यस्तै, स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत पाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend