सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिन्धु-ज्वाला जलविद्युत कम्पनीको साधारणसभा मंसिर १० मा हुने

सिन्धु-ज्वाला जलविद्युत कम्पनीको साधारणसभा मंसिर १० मा हुने

काठमाडौं ९ मंसिर । सिन्धु- ज्वाला हाइड्रो पावर लिमिटेडको साधरण सभा मंसिर १० गते हुने भएको छ । सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।

कम्पनीले कात्तिक २५ गतेका लागि साभा बोलाएको थियो । उक्त दिन साभामा गणपुरक संख्या नपुगेकाले फेरी मंसिर १० गतेको लागि सभा बोलाएको हो ।

कम्पनीका अनुसार उक्त सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा-नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायत विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।

कम्पनीले आयोजना गरेको साधारण सभा मंसिर १० गते विहान साढे ११ बजे कुन्डलिनी दरबार व्याङ्क्वैट काठमाडौंमा हुनेछ ।

कम्पनीको सिन्धुपाल्चोकमा ४३ मेगावाटको माथिल्लो न्यासिम खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend