फाइल तस्वीर ।
काठमाण्डौं ८ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । नेकपाको विग्रहपछि ओलीले यो पहिलो पटक प्रचण्डलाई फोन गरेका हुन् ।
फोनमा उनले प्रचण्डलाई मिलेर अगाडि बढ्न आग्रह गरेका छन् । ओलीले आफूहरुलाई टाढा पार्ने शक्तिहरुको जित भएको र अब मिलेर अगाडि बढ्नु पर्ने फोनमा बताएका थिए ।
प्रचण्डले चाहिँ अहिले आफूहरु गठबन्धनमा भएको र अबको परिस्थिति कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आफू तयार भएको जवाफ दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend