काठमाण्डौं २२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शर्माले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै यस्तो बताएका हुन ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए । ‘मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ,’ शर्माले भने, ‘त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।’
चुनावी अभियानकै क्रममा नयाँ कार्यकर्तालाई स्वागत गर्न पाउँदा गठबन्धनलाई थप ऊर्जासँगै सफलता मिलेको उनको भनाइ थियो । ुझापा क्षेत्र नम्बर १ का समग्र जनताको भावनामाथि कहिले कुठराघात गर्दिनँ,’ शर्माले भने, ‘यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु, रहनेछु ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend