काठमाडौं २२ कार्तिक । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्तिक २१ गते सोमवार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । सभाले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कुमारी बैंक अहिले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । सोही मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।
असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले नगद लाभांश पाउनेछन् ।
कुमारी बैंक वाणिज्य बैंकमध्ये साधारण सभा गर्नेमा दोेस्रोमा छ । यसअघि सिटिजन्स बैंक इन्टरनेशलले साधारण सभा गरिसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend