काठमाडौं ,२१ कार्तिक । गण्डकी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२औं साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष निराजन सिम्खडाको अध्यक्षता र काठमाडौं महानगरपालिका वडा न २६ का अध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले शेयर सदस्यहरुलाई संरक्षित पूंजी फिर्ता कोष र शेयर लाभांश कोषबाट ८ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। सभाले संचालक समितिको प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन र सबै आर्थिक विवरणहरु छलफल र सुझावसहित पारित गरेको छ।
साधारणसभाका प्रमुख अतिथि ख्यामराज तिवारीले सहकारी संस्थाले ऋण प्रवाह गर्दा धितो राखेर नै गर्नुपर्नेमा जोड दिए। अहिलेको तरलता अभावले धेरै सहकारी समस्यामा परेको अवस्थामा सदस्यहरुलाई विस्वासमा लिएर संचालन गर्नुपर्ने उनले बताए।
अध्यक्ष सिम्खडाले आफ्नो सहकारी सुशासन र पारदर्शितामा प्रतिबद्ध रहेको र सदस्यहरुको विस्वास कायम राख्न सफल रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend