काठमाडौं २० कार्तिक। एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रोशन कुमार न्यौपाने पुनर्नियुक्त भएका छन्। कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए।
सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हाले पछिको छोटो अवधिमा नै बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सिइओ’ को रुपमा समेत चर्चित भए।
रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान भएका छन।
उनि बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता प्रदर्शन गर्दै बैंकको अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुर्याउन सफल भएका हुन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend