सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सनराइज क्यापिटलको २५ प्रतिशत लाभांश पारित

काठमाडौं २० कार्तिक । सनराइज क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कमलपोखरीस्थित संस्थाको कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करसहित २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend