भक्तपुर २० कात्तिक । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीनजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend