बिष्णु प्रसाद शर्मा,
बिश्वकै सबै भन्दा ठूलो सुनको ढिको वेलकम स्टे«न्जरको प्रतिलिपि हो । त्यसको तौल ७८ किलोग्राम गाल्नु अघि थियो । बि.स. ५३३ -५५२ आसपास नेपालमा सुनको सिक्का दिनार प्रयोग भएको पाइन्छ । वराह क्षेत्रमा साम्राट बुध गुप्तको पालाको ताम्रपत्रमा पूर्णियाका नगरश्रेष्ठी ऋभूपालले वराह क्षेत्रका लागी ३ दिनारको एक मूल्य बाप जग्गाको मापन एकाई का दरले जगा किनेर श्वेत बराहलाई ७ कुल्यवाप र काकामुख स्वामीलाई ४ कुल्यवाप गरी ११ कुल्यवाप जमिन गुठी राखिदिएर पूर्वीय शास्त्र दर्शनले पबित्र मानेको महत्व दर्शाएर कुल धर्मको जगेर्ना गरिएको पाइन्छ ।
बि.स. ६०० आसपासमा वराह क्षेत्रमा सोही दरले ५ कुल्यवाप जमिन किनेर गुठी राखिदिएको भेटाउन सकिन्छ । लिच्छवि कालमा शिवदेवको समयमा स्वर्ण शिभका प्रचलनमा आएको हो । बि.स. १७०१ मा रणवहादुर शाहका पालामा नेपालमा सुनको असर्फीको प्रचलन भएको इतिहास छ । सुन नेपालमा तोलाको हिसावले कारोवार गरिन्थ्यो । एक तोलामा ११.६६४ ग्राम हुन्छ । आजभोली ग्रामको हिसावले ब्यापार गरिएको पाइन्छ । १० ग्रामको बजार मूल्य कायम गरेर सुन चाँदी ब्यवसायीहरुले सुनको मूल्य बताउन थालिएको छ ।
इसापूर्व ५४० मा लिदियाका राजा कोरेससले पहिलो सुनको सिक्का बनाएका थिए । सन् १९६१ सम्म अधिकांश मुद्रा सुनको मापदण्डमा आधारित थिए । सबै भन्दा महँगो सिक्का सन् १९३३ को डबल इगललाई मानिएको छ । न्युर्योकमा ७ करोड ५९ लाख डलरमा सन् २००२ मा बिक्रि भएको थियो । मुद्रा कोषमा सामेल हुनु अघि सुन १९९९ मा स्विस फ्रयाङलाई ४० प्रतिशत सुन संग सम्वन्धित गराइएको थियो । फिहार्मोणिक नामक सिक्काको तौल एक हजार औंस (३१ .१ किलो) ब्यास १५ इन्च रहेको छ यो सन् २००४ मा अष्टेलियाले बनाएको हो । यसै गरी बिभिन्न देशमा सुनको प्रचलन हुदै आएको छ । सन् १९१२ सम्मका ओलम्पिक पदकमा शुद्ध सुनबाट तयार गरिन्थ्यो । अमेरिका, जर्मनी, इटाली, फ्रान्स , रुस , चीन, स्विजरल्याण्ड, जापान, भारत र नेदरल्याण्ड सन् २०१९ सेप्टेम्वर सम्म धेरै सुन संचय गर्ने देशहरु हुन । वल्र्ड गोल्ड काउन्सिल, युएस ग्लोवल इन्भेष्टर्सले जानकारी गराउँदछ ।
सुन पृथ्वीको उत्पत्तिका क्रममा लगभग बिस करोड बर्ष पहिले नै पृथ्वीको गर्भमा आएको हो । पृथ्वीमा पाइने सबै सुन मंगल, बुध र शुक्र ग्रहमा पनि रहेको बैज्ञानिकहरुको बिश्वास छ । सुन २५ टनको हिसावले हरेक सामुद्रिक घनमाइलमा समुन्द्रमुनिको भू गर्भमा एक करोड टन रहेको मानिन्छ । इसापूर्व ५०००मा मानवले सबै भन्दा पहिला गालेका धातुमा सुन र तामा थिए । बिश्वमा पाइने सुन मध्ये दुइ तिहाई दक्षिण अफ्रिकामा रहेको छ । हालसम्म खानीवाट मानिसले १ लाख ६१ हजार टन सुन निकालेका छन ।
लगभग ८० प्रतिशत सुन अझै खानीमा नै रहेको बिश्वास गर्नु पर्दछ । सन् १८६९ मा अष्टेलियामा फेला परेको सबै भन्दा ठूलो सुनको ढिको वेलकम स्टे«न्जर गाल्नु अघि १० गुण २५ इन्च र तौल ७८ किलोग्राम रहेको थियो । सुनको उम्लने ताक्रम विन्दु २,०६३ फरेनहाइट मानिन्छ । सुन आयुर्वेदमा स्वर्णमष्य औषधिको रुपमा प्रयोग गरिन्छ । यो गह्रौं धातुका रुपमा लिइन्छ ।अत्यधिक पबित्र र गहनाको महत्व सुनले नै पाएको छ । पूर्विय शास्त्र दर्शन, पौराणीक कुल धर्मले यो धातुलाई पबित्रताको रुपमा स्वीकार गरेको छ र सबै तिर यसको महत्व रहेको हुनाले महंगो पनि छ । सुनलाई पानीले पखालेर पबित्र पारी छर्किदा सुद्ध हुन्छ । शुभ वा अशुभ दुबै कार्यमा सुनको आबश्यकता ठानिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend