सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

ओली पुगे महादेव मन्दिर

ओली पुगे महादेव मन्दिर

काठमाडौं १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार बिहान त्रिपुरेश्वर महादेव मन्दिर पुगेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन्।

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend