सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

संविधानको रक्षा र विकासको गति बढाउनको लागि लोकतान्त्रिक बाम गठबन्धन गरिएको होः नेता केसी

संविधानको रक्षा र विकासको गति बढाउनको लागि लोकतान्त्रिक बाम गठबन्धन गरिएको होः नेता केसी

काठमाडौं १६ कात्तिक । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको रक्षा र विकासको गति बढाउनको लागि लोकतान्त्रिक बाम गठबन्धन गरिएको बताएका छन् । नुवाकोटमा आयोजित चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा नेता केसीले यस्तो बताएका हुन ।

नुवाकोट २ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेका केसीले कुनै व्यक्ति जित्न नभइ राष्ट्र हितका लागि गठबन्धन गरिएको बताए ।

मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न गठबन्धनलाई जिताउनुपर्ने नेता केसीले बताए ।ुचिर्वाचनमा लड्ने उमेदवारहरूले म सक्षम छु र मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक हो । तर जसले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्ने छन्, उनी भन्छन् ।

कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने केसीको भनाइ छ । ​जनतासामु आफ्नो स्पष्ट योजना लिएर अगाडि बढ्नुपर्ने केसीले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend