सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि

चाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि

डा डीआर उपाध्याय
चाडपर्वको मौका छोपेर अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि गरिएको छ । सरकारले बजार अनुगमनका लागि त्यति प्रभावकारी भूमिका खेलेको देखिदैन । सरकार तथा सरकारी निकायले अनुगमनका नाममा अनुगमन गरे जस्तो मात्र गरेका छन । सरोकारवाला निकायले बजार अनुगमनमा प्रभावकारिता देखाउनु पर्ने आबश्यकता देखिएको छ । दैनिक उपभोग्य सामानमा मनलाग्दी मूल्यवृद्धि गरिदा सर्वसाधारणको ढाड सेकिएको छ । बजारमा कुनै सामान किनिनसक्नु भएको छ । आज सरकार तथा सरकारी निकाय यो बिषयमा मौन भए जस्तो देखिन्छन् । आज अत्यावश्यक सामानमा दैनिक रुपमा मूल्य वृद्धि भइरहदा आमउपभोक्ता ठूलो मर्कामा परिरहेका छन । सामान्य मानिसका लागि जीविकोपार्जन गर्न समेत धौं धौं परिरहेको छ । चामल, दाल, पिठो, तेल, हरियो तरकारी तथा लत्ताकपडामा पटक पटक मूल्य वृद्धि भइरहेको छ । दसैंमा पनि मूल्यवृद्धि भयो, तिहारमा पनि मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । सरकारी निकायले यस्तो अवस्थामा इमानदारितापूर्वक बजार अनुगमन गर्न जरुरी छ । यो बिषयमा सरकार गम्भिर बन्नु पर्ने अबस्था देखिएको छ । सरकार यो बिषयमा गम्भिर नबन्ने हो भने समस्या थप जटिल बन्न सक्छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु नै जनता प्रति इमान्दार भएको देखिदैन । स्थानीय तहका सरकारहरुले पनि बजार अनुगमनलाई तिब्रता दिनु पर्छ । पर्वहरूमा मूल्यवृद्धि हुदा उपभोक्ता समस्यामा पर्छन । नेपाली जनता रमाउने भनेकै पर्वहरूमा हो । पैसा हुनेहरुलाई त पर्वहरूमा रमाइलै हुने भो तर कमाइ नहुनेहरू पनि ऋणकर्जा गरी पर्व मनाउने गर्छन् । यस्तो बेलामा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्नु हुदैन । कृत्रिम अभाव सिर्जना गर्नु भनेको ठूलो पाप हो । यस्तो पाप गर्नु हुदैन । पैसा कमाउने मौका यहि हो भनेर बजारमा मनपरि गर्नु राम्रो होइन । कालाबजारीले गर्दा आम उपभोक्ताहरु पीडित छन । सरकारी तहबाट मेलापर्वमा मात्र होइन, दिनौं जसो बजार अनुगमन हुनु पर्छ । त्यसो भयो भने मात्र कालाबजारीहरु सलबलाउन पाउदैनन् । अब सरकार माहतहतका निकाय चुप लागेर बस्नु हुदैन । चुप लागेर बस्ने हो भने व्यापारीहरूले जनता चुस्ने मौका पाउँछन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend