समिर भण्डारी, काठमाडौं ६ कार्तिक । नेपाली काङ्ग्रेस तनहुँ-काठमाडौं सम्पर्क समितिले शुभदिपावली , नेपाल सम्बत तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। समितिका सभापति उत्तम मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा तनहुँ काङ्ग्रेसका प्रायः सबै अग्रज नेता ,कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,केन्द्रिय सदस्य शंकर भण्डारी , ,केन्द्रिय सदस्य ध्रुव वाग्ले ,नेता रामचन्द्र पोखरेल तथा गोबिन्द भट्टराई ,तनहुँ काङ्ग्रेसका सभापति जितप्रकाश आले लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले लोकतन्त्र नेपाली काङ्ग्रेसको अन्तस्करण रहेको बताए । नेकपा एमाले र ओलिका प्रतिगामी र संविधान विरोधी प्रवृतिविरुद्ध गठबन्धन निर्माण गर्नुपरेकोले अहिलेको अवस्थालाई सामान्य रूपमा नलिई गठबन्धनका उम्मेदवारलाई नै जिताउनु नागरिक कर्तव्य रहेको बताए ।
नेपाली काङ्ग्रेसका नेता एवं तनहुँ १ का प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवार शंकर भण्डारीले लोकतन्त्र र विकासका लागि नेपाली काङ्ग्रेसले कुनै पनि अवस्थामा बहुमत सहितको जित हासिल गर्नुपर्ने र त्यसको लागि गठबन्धन अहिलेको आवस्यकता र बाध्यता रहेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले आपसी मतभिन्नता र असन्तुष्टिलाई थाती राखेर पार्टी र लोकतान्त्रिक प्रक्रियालाई जिताउन मंसिर ४ गतेको संसदीय र प्रदेश निर्वाचनमा एकजुट भएर लाग्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend