आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यसो भन्छन् उपेन्द्र यादव

यसो भन्छन् उपेन्द्र यादव

राजविराज ४ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादीसहित ठुला पार्टीहरूले मधेसी जनताको शोषण मात्रै गर्दै आएको आरोप लगाएका छन् ।

सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अन्य दलले मधेसलाई भोट बैंक बनाएर शोषण मात्रै गरेको बताए ।

उनले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरू अझै संघर्षरत रहेको बताए ।

कांग्रेसलगायतका ठुला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन् । शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो,ू उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend