काठमाडौं २ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन संविधानको पक्षधर र विपक्षीबीचको लडाइँ भएको टिप्पणी गरेका छन् ।
ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउँदो निर्वाचन प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए ।
उनले प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले माओवादी बलियो हुँदा परिवर्तन जोगिने र समाजवादमा जान आधार पनि तयार हुने पनि दावी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend