आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेसँग जसपाको तालमेल, जसपा अध्यक्ष यादवले बनाए यस्तो रणनीति

एमालेसँग जसपाको तालमेल, जसपा अध्यक्ष यादवले बनाए यस्तो रणनीति

काठमाडौं ३१ असोज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।

मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ।

कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन्। जसपा प्रवक्ता मनीष सुमनका अनुसार जसपाले एमालेसँग नभई सत्तारुढ दलहरूसँग गठबन्धन गरेको भए बढीमा मधेस प्रदेशमा २२ सिट पाउँथ्यो, जुन सरकार बनाउन बहुमत पुग्दैन।

एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा जसपाले सरकार बनाउने सम्भावना छ। किनभने आधाभन्दा बढी सिटमा हामीले उम्मेदवारी दिएका छौ, जसपा प्रवक्ता मनीष सुमनले भने, सत्तारुढ गठबन्धन गरेको भए प्रदेशसभामा बढीमा २२ सिट पाउँथ्यौँ । यो भने भनेको सरकार बनाउने सम्भावना हामीसँग थिएन ।

एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा जसपाको सरकार बन्ने सम्भावनाको ढोका खुलेको सुमनले बताए । यो समाचार कारोबार दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend