सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं क्षेत्र नम्बर १ मा बलिया उम्मेदवार रमेश प्रसाद खरेल की प्रकाशमान सिंह ?

काठमाडौं क्षेत्र नम्बर १ मा बलिया उम्मेदवार रमेश प्रसाद खरेल की प्रकाशमान सिंह ?

भक्त बहादुर केसी

काठमाडौं क्षेत्र नम्बर १ मा बलिया उम्मेदवार रमेश प्रसाद खरेल, प्रकाशमान शिंह भन्दा रमेश प्रसाद खरेल अगाडी देखिनु भएको छ । प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्। ‘हेभिवेट’ उम्मेदवारहरूको नाम चर्चामा छ। काठमाडौं क्षेत्र नम्बर १, यसपटक सिनारियो चेन्ज भएको छ।चर्चामा रमेश प्रसाद खरेल हुनुहुन्छ ।
सामाजिक कार्यकर्ता पुकार बम, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेका युवा नेता किरण पौडेल र राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्नेछ।नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश प्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी सगै, सधैं चर्चामा रहेको काठमाडौ निर्वाचन क्षेत्र नम्बर एकमा यसपटक पनि रोचक भीडन्त छ ।
अग्रपंक्ति मा इमानदारीको महत्त्वलाई जोड दिने जिम्मेवार निष्ठा र विश्वसनीयताका साथ काम गर्न सक्नेको आवश्यक छ र काम गर्न सक्छौँ भन्ने विश्वसनीयता साथ उच्च निष्ठा तथा मनोबलका साथ चुनौतीको विश्लेषण गर्न सत्य, निष्ठा र नैतिक चरित्र भएका व्यक्तिले नै जित्नु पर्छ । देश प्रदेशहरु कुशासन र भ्रष्टाचारका केन्द्र बनेका दृष्टान्त प्रशस्तै देखिए । जनताको चुनावी अवधारणा बदलियोआर्थिक र प्रशासनिक तथा व्यवस्थापकीय दृष्टिले संघीय संरचना बढी बोझिलो प्रणाली हो भन्ने कुरा अनुभव भैरहेको छ ।
व्यक्तिको अवधारणा, चरित्र, पद्धति, मूल्य र लक्ष्यको ज्ञान दिने, राजनीतिक नेताको सार्वजनिक रुपमै माग भै रहेको छ पुर्ब परिचित निडर रमेश प्रसाद खरेल जस्तो व्यक्तिले जित्नु पर्छ भन्ने चर्चा छ र आवश्यक छ भने अनामनगर वासीले स्वच्छता र अभ्यासमा दिगो स्वतन्त्र अमुल्य मत दिनु, पर्छ भन्दै टोल बासी भन्छन भोट दिनु नदिनु भन्ने कुरा नेपाली जनताको व्यक्तिगत विषय हो । भने कुनै पार्टीमा नलागी कन आफ्ना छोरा नाती को भबिस्य सम्झेर आफ्नो प्यारो राष्ट्र कस्तो हुनुपर्छ भन्ने निर्णय नागरिक आफैले लिनु पर्छ ।
यो अहिलेका लागि अकाट्य होकि बिगत स्थानीय निर्वाचन परिणाम हेर्दा जनताले नेपाली कांग्रेसलाई अस्वीकार गरेकै छन । एमाले , मायोबदी र प्रजातन्र पार्टीभित्र पनि भित्रि संगठन भित्रको द्वन्द्वहरू यथेस्ट नै छ । भोट चाही बिकास प्रेमी। राष्ट्र प्रेमी, इमानदार सत्यवादी, नैतिक निष्पक्ष, झूट वा धोका नदिने सत्यनिष्ठा स्पष्ट,स्वतन्त्ररुपमा स्पष्ट वक्ता , प्रत्यक्ष परख गर्न सक्ने सक्षम निडर उम्मेदवार रमेश प्रसाद खरेलले जित्ने सम्भवना पुष्टि हुन्छ भन्छन काठमाडौं क्षेत्र नम्बर १ वासी !

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend