आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कांग्रेस, माओवादी र एसका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी

कांग्रेस, माओवादी र एसका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई मन्त्रीबाट हटाएलगत्तै मधेस प्रदेशमा समेत मन्त्री हटाउने तयारी भएको छ ।

मधेस प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूलाई शुक्रबार बिहानसम्म राजीनामा नदिए हटाउने तयारी भएको हो । जसपाका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् ।

जसपाले नेकपा ९एमाले०सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार चार जना मन्त्रीलाई बर्खास्त गरेका थिए । मधेस प्रदेशका मुख्यमन्त्री राउतले त्यसैको बदलामा मन्त्रीहरूलाई हटाउन लागेका हुन् ।

मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट राज्यमन्त्रीसहित २ र एकीकृत समाजवादीबाट १ जना गरी ६ जना मन्त्री रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend