रौतहट २७ असोज । रौतहट निर्वाचन क्षेत्र नं–३ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगले बुधबार साहलाई चुनाव चिन्ह चापाकल प्रदान गरेको हो।
एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको भन्दै स्थायी कमिटी सदस्यसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
एमालेबाट रौतहट निर्वाचन क्षेत्र नं–३ को टिकट पाएका साहले एमालेसँग असन्तुष्ट भएको बताउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend