आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाका मन्त्रीलाई हटाउने तयारी

जसपाका मन्त्रीलाई हटाउने तयारी

काठमाण्डौ २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन । । यसका लागि देउवाले सत्ता गठबन्धनको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवारी दिएपछि नैतिकताको आधारमा मन्त्रीहरूले राजीनामा दिनुपर्नेमा राजीनामा नदिएपछि प्रधानमन्त्रीले नै हटाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । तर निर्वाचन आचारसंहिता लागू भइसकेकाले मन्त्रीहरू हटाउँदा कुनै कानुनी अड्चन आउने हो या होइन भनेर प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गर्ने योजना बनाएका छन ।
जसपाबाट सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend