काठमाडौं २३ असोज। पोस्ट फर प्लानेटुभन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस नेपालमा जिल्ला स्तर र केन्द्रम समेत बिबिध कार्यक्रम गरि मनाईएको छ । उक्त अवसरमा आइतबार हुलाक सेवा विभागले हुलाक सेवाको सान्दर्भिकता विषयमा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभागले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहेका छन ।
आइतबार राजधानीमा आयोजित अन्तर्कृयामा सन्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा ।बैकुण्ठ अर्यालले बदलिँदो परिवेश अनुसार विभागले आफ्नो सेवालाई थप परिस्कृत , प्रतिस्पर्धी र व्यवसायीक ब्ननाउनु पर्ने बताए । उनले हुलाक सेवाको विकास र विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पछिल्लो समय सूचना र प्रविधीले फड्को मारिरहेको अवस्थामा हुलाकमार्फत हुने गतिविधीमा कमि आएको छ। तर विभागकी महानिर्देशक इन्दु घिमिरेले भने अझै पनि हुलाकको महत्त्वमा कमि नआएको जिकिर गरिन् ।
सोहि कार्यक्रममा विभागले आइतबार देखिनै वितरण हुने गरि पाँच र दस मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रसिद्ध धार्मिक स्थल तथा लोपोन्मुख औषधीय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको हो । हुलाक सेवा विभागमा आयोजित उक्त कार्यक्रममा विभाग अन्तर्गतका विभिन्न ४ कार्यालयका प्रमुखहरुले आ आफ्ना कार्याल्यका समस्या र त्यसको समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend