आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चितवन ३ मा बद्रि सिलवालले दिए स्वतन्त्र उम्मेदवारी

चितवन ३ मा बद्रि सिलवालले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौ २३ असोज । स्वतन्त्र उम्मेदवार बद्रि सिलवालले चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र युवाहरुको सहयोगमा सिलवालले चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी युवाहरुको बिचमा लोक प्रिय पात्र हुन । उनको उम्मेदवारी दर्ताले यति बेला चितवन तातेको छ ।

चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराउने चर्चा थियो । तर उनले चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएनन् । पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा डा बाबुराम भट्रटराईले सघाएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । अध्यक्ष दाहालले आइतबार गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend